विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते


१५ माघ २०८०, सोमबार


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् । 

स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । 

त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो । विवादमा आक्रोसित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन । 

घाइतेहरूलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस