मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ : घनश्याम भुसाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ : घनश्याम भुसाल


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्ने दाबी गरेका छन् । अबको दुई वर्षभित्रमा पार्टीलाई मुलुकमा वाम विकल्प दिन सक्ने दाबी गरेका हुन्।

पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे।

उनले भने, ‘आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर एक ठाउँमा उभिन्छौँ र अगाडि बढेर यो लपेटमा सिद्धान्तको, राजनीतिक, परिचालनको यो लपेटमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौँ हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने सङ्कल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस