नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ : शंकर पोख्रेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ : शंकर पोख्रेल


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको प्रष्ट पारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताउँदै पोखरेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताए । नेपाल आफैँ सम्बन्ध सञ्चालनमा सक्षम रहेको भन्दै उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस