३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम गोल्डकप फाइनल : एनआरटी र बिर्तामोड उपाधिका लागि भिड्दै

अ+ अ-

काठमाडौँ । उपाधि जित्नका लागि न्युरोड टिम (एनआरटी) र झापाको बिर्तामोड युनाइटेड आज शनिबार इलाम गोल्डकपको फाइनलमा भिड्दैछन् ।

इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ ।

अनुभवी खेलाडीको बाहुल्य रहेको एनआरटी र खेल कौशलमा दक्ष खेलाडीले सहभागी बिर्तामोडबीच हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यसअघि यी दुई टिमले गरेको प्रदर्शन प्रभावशाली भएकाले फाइनलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न भने कठिन छ । 

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई पन्साउँदै फाइनल यात्रा तय गरेको हो । उसले क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । 

बिर्तामोड युनाइटेड पाँचथरलाई सेमिफाइनलमै रोक्दै फाइनलसम्म आइपुगेको हो । उसले क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

दुवै टिमले फाइनल खेलमा विजयी हुने दाबी गरेका छन् । प्रतियोगिताभरिको प्रदर्शनका क्रममा देखिएको एकअर्का टिमको खेल कौशल र रणनीतिअनुसार आफ्नो रणनीति बनाएर मैदानमा उत्रने दुवै टिमको योजना छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगिताका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पुरस्कार दिइँदै आएको छ । आयोजक रेडहर्स फुटबल क्लब इलामका अनुसार प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरलगायत विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस