२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

अ+ अ-

काठमाडौँ । स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ ।

बुधवार राति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४-२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा एथ्लेटिकले ४-२ ले बाजीमार्न सफल भयो ।

एथलेटिकलाई सेमिफाइनलमा पुर्‍याउन गोर्का गुरुजेफा,ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरे पनि पर्याप्त भएन ।

पहिलो मिनेटमै गोर्का गुरुजेफाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ३२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले गोल गर्दै २-१ को अग्रता दिलाए ।

४९ औं मिनेटमा एथ्लेटिकका लागि आइहान सान्चेटले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटमित्र एथ्लेटिक क्लबले अरु २ गोल थप्दै सेमिफाइनलमा स्थान बनायो । 

अतिरिक्त समयको पहिलो १५ मिनेटको इन्जुरी टाइममा इनाकी विलियम्ले गोल गरेपछि एथ्लेटिक ३-२ ले अघि बढेको थियो । यसैगरी १२० औं मिनेटपछिको इन्जुरी टाइममा निको विलियम्सले गोल गर्दै एथ्लेटिकलाई सेमिफाइलनमा प्रवेश गराउँदा बार्सिलोनालाई क्वाटरफाइनलबाटै विदा गरे ।

अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्न बाँकी छ । अब एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेताले अन्तिम चारमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस