काठमाडौँ । देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द भएका पाइएको छ । वातावरण विभागका अनुसार नेपालभर २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १७ वटा बन्द र १० वटा सञ्चालित रहेका छन् ।
काठमाडौँ उपत्यकामा ७ सहित उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, हेटौँडा, लुम्बिनी, धनगढी, महेन्द्रनगर, पोखरा, धनकुटा लगायत स्थानमा ती मापन केन्द्र स्थापित छन् ।
मर्मत गरिरहेका हुनले सो १७ वटा हावा गुणस्तर मापन गर्ने यन्त्र सञ्चालनमा आउन नसकेका हुन् ।