२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल शिक्षा दिने तयारी गर्न टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् ।

आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘के–के पढाउन सक्नुहुन्छ तयारी गर्नुस् । आगामी शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने तयारी गर्नुस् । अब आउने सत्रबाट पढाउन सुरु गर्ने हो भने नयाँ आयाम थपिन्छ ।’

मेडिकल शिक्षामा क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताउँदै उनले मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता हटाउनु पर्ने बताए ।

कतिपय व्यक्तिले चाहेर पनि मेडिकल शिक्षा पढ्न नपाएको भन्दै मन्त्री बस्नेतले पढ्न नपाएकै कारण मानसिक रोगीहरू थपिएको समेत बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रोसँग सुधार गर्ने हो भने ७५ प्रतिशत मानसिक रोगी समाप्त हुने जिकिर गर्दै उनले भने, ‘जुन टिम यो अस्पतालमा हुनुहुन्छ तपाईँहरू भिड्नुस् । चाँडोभन्दा चाँडो यो काम फत्ते गर्नुपर्छ ।’

डर भन्ने शब्द आफ्नो शब्दकोशमा नभएको भन्दै उनले भने, ‘राम्रो काम गर्नका लागि किन ढिला गर्ने ? किन डराउने ? किन तर्सिने ?’

यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका पदाधिकारीले हाल एक सय शय्यामा सञ्चालन हुँदै आएकोमा अब ३०० शय्यामा विस्तार गर्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस