२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवको आरोप : जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात भएको आरोप लगाएका छन् । मंगलबार राजविराजमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनीय कार्यहरू गरिरहेको आरोप लगाए ।

सोमबार अध्यक्ष यादवले सप्तरीमा कृषि विश्वविद्यालय शिलान्यास गर्दा जनमत पार्टीका नेता कार्यकर्ताहरू विरोधमा उत्रेका थिए ।

‘राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ, ‘यादवले भने, ‘आफै सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? यो नैतिक प्रश्न हो ।’

जनमत पार्टी सुध्रिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । ‘कि सुध्रिनुपर्‍यो कि सुधार्नुपर्‍यो, ‘यादवले भने, ‘उहाँहरू जुन बाटो हिँड्नुभएको छ, जुन हर्कत गरिरहनुभएको छ यो अशोभनीय हो ।’

‘विश्वविद्यालयको शिलान्यासको निर्णय विश्वविद्यालयले गर्ने हो,’यादवले भने, ‘विश्वविद्यालयले निर्णय गरेर हामीलाई बोलायो हामी गयौँ, उहाँहरूलाई पनि बोलाएकै हो, आएर सरिक भएको भए हुन्थ्यो नि, आमन्त्रणलाई लत्याएर प्रतिकार गर्छु भन्नु मूर्खता हो ।’

जनमत पार्टीलाई अब गठबन्धनमा बोक्न सक्ने अवस्था नरहेको जसपा अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया दिनुहोस