२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करन र कमलको उत्कृष्ट प्रदर्शनमा बागमतीमाथि गण्डकीको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । युवा ब्याटर करन पङ्गेनी र स्पिनर कमल परियारको उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

गण्डकीसँगको हारले बागमतीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनामा ठूलो धक्का लागेको छ । जितको लागि पाएको १९९ रनको मध्यम विजयी लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गण्डकीका करन पङ्गेनीले ९८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको एक उत्कृष्ट इनिङ खेले ।

गण्डकीलाई ७ बलमा ४ रन चाहिँदा प्रतिश जी.सीको बलमा ठूलो सट खेल्ने धुनमा करण टप एज लागेर फस्ट स्लिपमा अशोक पौडेलबाट क्याच आउट भए । अन्तिम ६ बलमा जितको लागि ४ रन चाहिएको थियो । बागमतीले रिजन ढकाललाई छाडेर सबैलाई आश्चर्य पार्दै ईशान पाण्डेलाई बलिङ दिएको थियो । ईशान पाण्डेले पहिलो बलमा कृष ऐरलाई एक रन दिए ।

दोस्रो बलमा अङ्कित न्यौपानेको क्याच लङअनमा अशोक पौडेलले छाडेपछि बाँकी चार बलमा एक रन मात्रै चाहिएको थियो ।तेस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै अङ्कितले रोमाञ्चक जित दिलाए ।

गण्डकीलाई ओपनर समीर कँडेल र ईश्वर क्षेत्रीले ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । समीर ४१ बलमा १ चौकासहित १९ रन बनाउँदै आउट भए । ईश्वर ४२ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे ।

तेस्रो विकेटका लागि मुस्कान थापा र करनले ७० रनको साझेदारी गर्दै गण्डकीलाई जितको आधार तय गरेका थिए । मुस्कान थापा ७१ बलमा २ चौकासहित २७ र कमल परियार २० रनमा आउट भए । बागमतीका प्रतिश जी।सीले दुई, रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९।१ ओभरमा १९८ रनमा अल आउट भएको थियो । ओपनर आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए । ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । बागमतीका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बागमतीलाई ओपनर आशुतोष घिरैया र ईशान पाण्डेले २०।२ ओभरमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछिका ब्याटर चल्न नसक्दा बलियो योगफलको आधार बनाउनबाट चुकेको थियो । कप्तान रित गौतम १३, रविन जोशी डक, अशोक पौडेल ३०, विपिन आचार्य ३८, प्रतिश जी।सी २ र सूर्य तामाङले १५ रन बनाए ।

गण्डकीका कमल परियारले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिएका थिए । विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङ २ र सन्दीप पराजुलीले १ विकेट लिए ।

बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अङ्कका साथ दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ आठौँ स्थानमा छ ।

पुलिस ४ खेलमा ८ अङ्कका साथ शीर्षस्थानमा छ । मधेश ६ खेलमा ८ अङ्कका साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस