इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल


९ माघ २०८०, मंगलबार


काठमाडौँ । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदै छ ।

प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युवा क्लब र बुटवलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दै छन् । यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरिसकेको छ ।

यस्तै, झापाको बिर्तामोड युनाइटेड एफसी र आयोजक रेडहर्स सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेताले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ ।

माघ १३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ । नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।

यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन् । यस्तै, उपबिजेताले तीन लाख रुपैयाँ पाउने जनाइएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाए

Tags :
प्रतिक्रिया दिनुहोस