रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चित


८ माघ २०८०, सोमबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।

आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्ष देखिनै प्रक्रिया सुरु गर्नुपर्ने भएकाले २ लाख ६० हजार मेट्रिक टन खरिदका लागि स्रोत सुनिश्चित गरेको हो।

आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी रासायनिक मल खरिदका लागि करिब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय स्रोतले जनाएको छ । 

मल खरिद प्रक्रिया अघि बढे पछि मल ल्याउनका लागि करिब ६ महिना लाग्ने भएकाले आगामी आवका लागि चालु आर्थिक वर्षबाट नै प्रक्रिया अघि बढाउनु पर्छ। सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट खरिद गरिने मलका लागि खरिद प्रक्रिया अघि बढेको छ। ३० अर्ब रुपैयाँको मल मध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस