२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमन्त्री नआएपछि शिक्षा समितिमा सांसदहरुले उठाए प्रश्न, पत्र काट्ने निर्णय

अ+ अ-

काठमाडौँ । सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत अनुपस्थित भएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पुँजीगत खर्चको सम्बन्धमा र मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका विषयमा छलफल गर्न बोलाएको बैठकमा मन्त्री बस्नेत अनुपस्थित भएका हुन् । उक्त बैठकमा मन्त्रालयका सचिवसहितका केही अधिकारी भने उपस्थित थिए ।

मन्त्रीसँगै छलफल गर्न बोलाइएको बैठकमा उनकै अनुपस्थित रहेको भनी समिति सदस्यहरूले अनुपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले मन्त्रालयको कामकारबाही र मन्त्रीको निर्णयहरूका सम्बन्धमा सार्वजनिक रूपमा समेत प्रश्न उठिरहेको अवस्थामा उनको अनुपस्थितिले संशय पैदा गरेको बताइन् ।

मन्त्री स्तरीय निर्णयहरू अदालत पुगिरहेको र अदालतबाट उल्टिरहेको भनी उनले अनुपस्थितको कारण माग गर्नुपर्ने बताइन् ।समिति सभापति भानुभक्त जोशीले आफूले माघ ५ गतेदेखि निरन्तर स्वास्थ्यमन्त्रीलाई फोन गरेको तर नउठाएको बताए ।

समितिका अरु सदस्यहरूले पनि स्वास्थ्यमन्त्रीको उपस्थितिमै छलफल आवश्यक रहेको बताए । त्यस आधारमा समितिले स्वास्थ्यमन्त्रीसँगै छलफल गर्ने निर्णय लिएको छ ।

मन्त्रीलाई समिति बैठकमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्ने समितिको निर्णय छ । तर अर्को बैठकको मिति तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस