कोरम नपुगेपछि स्थगित भयो राज्य व्यवस्था समितिको बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरम नपुगेपछि स्थगित भयो राज्य व्यवस्था समितिको बैठक


७ माघ २०८०, आइतबार


काठमाडौँ । कोरम नपुगेर राज्य व्यवस्था समितिको आइतबारको बैठक स्थगित भएको छ।

अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक माथिको छलफलमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको थियो। समितिको बैठक सवा १२ बजे बोलाइएको थियो। १ बजेसम्म पनि समितिका सदस्य उपस्थित नभएपछि बैठक माघ १४ गते सम्म स्थगित गरिएको छ।

समितिमा कोरम पुग्न १४ सदस्य उपस्थित हुनु पर्छ। समितिमा ९ जना मात्र सदस्य थिए। संशोधन कर्ता भने उपस्थित थिए।

Tags :
प्रतिक्रिया दिनुहोस