२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन्छ : मन्त्री रिजाल

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनमा भएका अफ्ठयाराहरुलाई फुकाउने प्रयास भइरहेको बताएका छन् ।

उनले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चाल्ने पनि बताए ।

शुक्रबार वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छा घरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन)अवलोकनका क्रममा मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिएका हुन् ।

मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैँ प्रवर्द्धनमा लाग्ने पनि बताए ।

‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं,’ मन्त्री रिजालले भने, ‘प्याकेजसङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो ।’

अवलोकनको क्रममा मौलिक बजार तथा मौलिक भान्छा घरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्य अनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामग्री सङ्कलन भइ बजारीकरण सुरु भएको जानकारी दिए । साथै मन्त्रालयको समेत सहजीकरण हुने हो भने गाउँ गाउँका मौलिक एवंम रैथाने उत्पादनको बजारीकरणमा आफुले सबै पालिकासँग काम गर्न सक्ने बताए । 

कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारसँगको सहकार्यमा बाँझो रहित पालिका बनाउन सकिने बताए । स्वदेशी उत्पादन वृद्धि गर्नका लागि विद्यालय तहमा नै विद्यार्थीलाई परिचालन गर्दै जान सकिने बताए ।

मौलिक बजार मौलिक भान्छा घरले अर्ग्यानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरूमा खरिदबिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरूप मौलिक बजार तथा मौलिक संग्राहलय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्न सात प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनुसहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गतेदेखि ७ गते सम्म दुई हजार भन्दाबढी आगन्तुक भित्राउने लक्ष्यसहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो  ।

प्रतिक्रिया दिनुहोस