यू-१९ विश्वकपमा दक्षिण अफ्रिका विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यू-१९ विश्वकपमा दक्षिण अफ्रिका विजयी


६ माघ २०८०, शनिबार


काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ को बलियो स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले । कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए । नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए । तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्ध शतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस