२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी आवागमनलाई असर नपर्ने गरी पृथ्वीराजमार्गको काम छिटो सक्न मन्त्री ज्वालाको निर्देशन 

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी आवागमनलाई असर नपर्ने गरी पृथ्वीराजमार्गको काम छिटो सक्न निर्देशन दिएका छन् । 

शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन-पोखरा सडक-खण्ड) विस्तारको काम निरीक्षण गरेपछि मन्त्री ज्वालाले सो निर्देशन दिएका छन् । मन्त्री ज्वालाले उक्त सडक-खण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् ।

सडक विस्तारको काम निरीक्षण गर्दै मन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागमनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएका छन् । सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखेका छन् ।

मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत थिए ।

गण्डकी प्रदेश राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग चार लेन बनाउन यतिबेला विस्तारको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस