त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निर्णयानुसार शैक्षिक क्यालेण्डर प्रकाशित गरिएको परीक्षा नियन्त्रक कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

पनिकाका अनुसार भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।

शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ ।

 माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस