एएफसी एशिया कपमा भारत पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एएफसी एशिया कपमा भारत पराजित


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

। भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्किएन । उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो । उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए । इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।

समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । अस्ट्रेलियाले सिरियालाई पराजित गरेको थियो । यसैगरी उज्वेकिस्तान ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । सिरिया १ अंकका साथ तेस्रो स्थानमा रहँदा भारत भने लगातार दोस्रो हार व्यहोर्दै अंक विहीन अवस्थामा पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस