कतार एफसी कपको राउन्ड अफ १६ मा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कतार एफसी कपको राउन्ड अफ १६ मा


४ माघ २०८०, बिहिबार


काठमाडौँ । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ । घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो । 

कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी ताजकिस्तान र लेवनान एक एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । 

बुधबार राति कतारले ताजकिस्तानमाथि १-० गोल अन्तरको जित निकालेको हो । कतारले पहिलो हाफको १७ औं मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो । उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंकका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ । 

यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अंक बाडेका थिए । अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस