२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको खानेपानी नआए गुनासो कहाँ गर्ने ? सरकारले तोक्यो व्यक्ति र नम्बर

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण पुनः सुरु भएको छ । सोमबारदेखि पुनः वितरण सुरु भएको मेलम्ची खानेपानी सर्वसुलभ रूपमा उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले पुर्‍याउन प्रयत्नशील रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट तथा परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको छ । मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिहरू सम्मिलित प्रारम्भिक चरणका लागि नेपाल सरकार (मन्त्री स्तर) को मिति २०८०/९/२८ को निर्णयानुसार देहायको समस्या समाधान सहजीकरण समिति गठन भएको हुँदा पानी वितरण क्रममा कुनै समस्या देखिए वा कुनै घटना हुन गएमा देहायका पदाधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

यसका लागि मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले मेलम्चीको खानेपानी वितरण क्रममा कुनै समस्या देखिए समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यी हुन् सम्पर्क गर्ने व्यक्ति र नम्बर

संयोजक– पदम बहादुर कुँवर, सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति (९८५१३२४११०)

सदस्य– उमेशबाबु मरहठ्ठा, उप–प्रबन्धक, के.यु.के.एल. (९८४१३५१५८५)

सदस्य– विकेश बधानश्याचे, सी.डी.ई, आयोजना कार्यान्वयन निर्देशनालय (९८०३०६२३६२)

सदस्य– दिपेश ढकाल, का. प्र. के.यु.के. एल. (९८६०७४४६९६)

प्रतिक्रिया दिनुहोस