२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्जीवनी ध्यान विधिको प्रयोग र यसको उपयोगिता

अ+ अ-

यस वर्ष अर्थात् संवत् २०८० साल माघ १ गते नवौँ योग दिवस मनाइयो।नेपाल सरकारको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो। सो भन्दा अघि विसं २०३६ साल देखि सूर्य उत्तरायण शुरु हुने दिन पारेर योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा नेपालमा योग दिवस मनाउन थालिएको थियो। योगको अर्थ जोड्नु भन्ने हुन्छ। योग शरीर, मन र चेतनाको सर्वाङ्गीण विकास गर्ने कला संस्कृति र विज्ञान हो।पतञ्जलिको योग दर्शन अनुसार योग त्यो प्रयत्न, साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ। यसर्थ चित्तमा आउने विकार रोक्नु नै योग हो। शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो।

आदि योगीका रूपमा भगवान् शिवलाई मानिन्छ। वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख भएको पाइन्छ। योग प्राचीन ऋषि मुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो।नेपालमा प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो।योगको विकास क्रममा खास गरी नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ।

नेपालमा आजभोलि योगले चर्चा पाउन थालेको छ।विभिन्न क्रियाकलाप हेर्दा कतिपयको बुझाइमा योग भनेको शारीरिक अभ्यास वा कसरत मात्र हो भन्ने पनि देखिन्छ।योग शारीरिक अभ्यास मात्र होइन। गीतामा खास गरी ज्ञान योग, कर्म योग र भक्ति योगको गरी तीन योगको वर्णन गरिएको छ।म आत्मा हुँ भनी जान्नु अर्थात् बोध हुनु ज्ञान योग हो। म आत्मा हुँ भनी जानेर कर्म गर्नु वा निष्काम कर्म गर्नु कर्म योग हो। परमात्मालाई जान्नु र प्रेमले चिन्नु भक्ति योग हो। ज्ञान योग, भक्ति योग र कर्म योग परमात्मासम्म पुग्ने वा परमात्मालाई प्राप्त गर्ने वा जान्ने सोपान अर्थात् भर्‍याङ हो। तसर्थ हामीले जुन कर्म गरिन्छ त्यसको बारेमा जान्ने तथा कर्तापनलाई त्याग गर्दै प्रभुमा समर्पण गरी परमात्मालाई जानेर उसको यादमा प्रेममा जिउनु नै यसको सार हो।

ध्यान योगको महिमा अझ प्रगाढ छ। कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता तन्मयता अर्थात् मनमस्तिष्क एकाग्र भएको स्थिति ध्यान हो ।मन वा चित्तलाई एकाग्र पार्ने एक प्रकारको योग वा साधना ध्यान योग हो भनी नेपाली वृहत् शब्दकोशमा लेखिएको छ।चित्तको निरन्तर एकाग्रताको प्रवाहलाई ध्यान भनिन्छ भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित राष्ट्रिय योग अभ्यास क्रम नामक किताबमा उल्लेख भएको पाइन्छ।ध्यान लगातार चिन्तन मननको एक क्रिया हो भनी भारतीय आयुष मन्त्रालयद्धारा प्रकाशित सामान्य योग अभ्यास क्रम नामक किताबमा लेखिएको छ। ध्यान चेतनाको विशुद्ध अवस्था हो जहाँ कुनै विचार तथा विषय हुँदैन।

महर्षि पतञ्जलिले प्रतिपादन गरेका योगका आठ अङ्ग यम,नियम,आसन,प्राणायाम, प्रत्याहार,धारणा, ध्यान एवं समाधि मध्ये ध्यान अति महत्त्वपूर्ण अङ्ग हो।जापानी शब्द झेन र चिनिया शब्द च्यान यी दुई शब्दबाट अपभ्रंश भएर बनेको शब्द ध्यान हो।अङ्ग्रेजीमा ध्यानलाई मेडिटेसन भनिन्छ।साथै अवेरनेश शब्द यसको ज्यादा नजिक छ। हिन्दीमा बोध शब्द ध्यानको नजिक छ।यसर्थ ध्यानको मूल अर्थ जागरूकता,अवेरनेश,होस,साक्षी भाव वा दृष्ट भावसमेत हो। पातञ्जल योग प्रदीपमा लेखिएको छ “तत्र प्रत्यैकतानता ध्यानमा ” अर्थात् जहाँ मन लगाइएको छ, त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो।अष्टावक्र भन्नुहुन्छ, ‘निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ। गुरु गोरखनाथ वावाले “हंसिबा खेलिबा धरिबा ध्यान,अहनिसि कथिबा ब्रह्म गियान। हंसै खेलै न करै मन भङ्ग, ते निहचल सदा नाथ के सँग।।” भनी ध्यानलाई महत्त्व दिनुभएको छ। ध्यानको उत्पत्तिकर्ता भगवान् शिवलाई मानिन्छ।भगवान् शिवले पार्वतीलाई ध्यानका ११२ विधि बताएको मानिन्छ जुन विज्ञान भैरव तन्त्रमा संग्रहित भएको पाइन्छ। गौतम बुद्धले अप्पो दिपो भव अर्थात् आफ्नो दियो आफै वन भन्नु भएको छ।

त्यसैगरी आनापान सती अर्थात् आएको गएको श्वास प्रति सजग हुन जोड दिँदै विपश्यना ध्यान विधिको आविष्कार गर्नुभएको हो। सत्गुरु ओशोले १५० भन्दा बढी ध्यान विधिको वर्णन आफ्नो प्रवचनमा गर्नु भएको छ।सहज समाधि ध्यान अर्थात् विश्राम गर्ने कला ध्यान हो।वेद, उपनिवद तथा गीता अनुसार ध्यान नै सत्य हो। ध्यानबाट नै सत्य प्राप्त गर्न सकिन्छ।ओशो भन्नुहुन्छ ” ध्यान आफ्नो आँखा खोल्ने कला हो।आफ्नो आँखालाई स्वच्छ पार्ने कला हो। चेतनाको दर्पणमा जमेको धुलो झडने कला हो। ध्यानले अतीतको स्मृति र भविष्यको कल्पनालाई मेटाई दिन्छ वा शून्य बनाउँछ।

एकाग्रता मात्र हुनु ध्यान होइन। विचार वा क्रियाबाट मुक्त हुनु ध्यान हो। भित्र जाग्नु र सदा निर्विचारको दशामा रहनु ध्यान हो।निर्विचार चेतना ,शान्त र विश्रामपूर्ण बोध हो। जे कुरा गरिन्छ त्यो होसपूर्वक गर्नु नै ध्यान हो।ध्यान विधि हो भने समाधि उपलब्धि हो।चेतनाको विशुद्ध अवस्था ध्यान हो जहाँ कुनै विचार रहँदैन कुनै विषय रहँदैन।जब कुनै विचार चल्दैन भने र कुनै कामनाले टाउको उठाउँदैन भने सम्पूर्ण समस्याहरू शान्त हुन्छन् र हामी पूर्ण मौनमा हुन्छौ त्यो मौन ध्यान हो।मौन र शान्त क्षणमा नै हामीले स्वयमको सत्ताको अनुभूति गर्छौ।”

सञ्जीवनी ध्यान के हो ?
सञ्जीवनी भनेको मरेको व्यक्तिलाई पूनर्जिवित पार्ने एक प्रसिद्ध अमृत वा बुटी विशेष हो। रामायणमा सञ्जीवनी बुटीको वर्णन गरिएको पाइन्छ।राम रावण युद्धमा जब मेघनाथको अस्त्रले लक्ष्मण जब मुर्छित हुनुभयो त्यस समयमा उहाँको जीवन बचाउन हनुमानजीले सञ्जीवनी बुटी पत्ता लगाउन नसकेकोले लक्ष्मणको ज्यान बचाउनको लागि पूरै द्रोण गिरी पर्वत नै उठाएर लिएर आए।सञ्जीवनी बुटीको रहस्य सुषेण वैद्यलाई मात्र थाहा थियो।तसर्थ हनुमानजीले उनलाई उनको कुटी सहित उठाएर लिएर आए।सुषेण वैद्यले शिवजीको तपस्या गरेर आफू अमर हुन पाउँ भन्ने वरदान मागेका थिए तर शिवजीले यो सम्भव छैन मैले तिमीलाई सञ्जीवनी विद्याको बारेमा बत्ताइदिन्छु भनी बताइदिएको हुँदा उनलाई मात्र सञ्जीवनी बुटीको विद्याको ज्ञान प्राप्त भएको थियो।वैद्यले उक्त सञ्जीवनी बुटी लक्ष्मणजीलाई खुवाएपछि होसमा आउनुभएको थियो।तसर्थ त्यही अमृत वनस्पतिको नामबाट ध्यानको नाम पनि सञ्जीवनी ध्यान विधि राखिएको छ। ध्यान विधि अमृत जस्तै छ जसले मुर्छामा भएको व्यक्तिलाई पनि जगाइदिन्छ।सञ्जीवनी ध्यान बडो अदभूत छ।यो ध्यान विधि सरल र सजिलो छ जुन बच्चा देखि बद्धसम्मको व्यक्तिलाई अनुकूल छ। यो विधि शरीर, ह्रदय र मनको श्रृङखलामा उपयोगी हुन्छ।यो विधिमा शरीरको पनि पूरा उपयोग छ, भावको पनि उपयोग छ र होसको पनि पूरा उपयोग हुन्छ।

सञ्जीवनी ध्यान विधिका चरण
सञ्जीवनी ध्यानका आठ चरण छन।यो ध्यान उभिएर वा बसेरै पनि गर्न सकिन्छ।यो विधिको प्रयोग बिहानको समयमा गरिन्छ।यसको अवधि कम्तिमा एक घण्टाको र बढीमा आफ्नो समयानुकूल जति समय पनि लम्वाउन सकिन्छ।प्रत्येक चरण पाँच देखि पन्ध्र मिनेटको हुन्छ अर्थात् यी चरणहरू आफ्नो समय अनुकूल लम्वाउन तथा छोटाउन सकिन्छ।

पहिलो चरण प्रार्थना अर्थात् अहोभाव
सञ्जीवनी ध्यानको पहिलो चरणमा समग्र अस्तित्वप्रति अहो भाव व्यक्त गरिन्छ। उभिएर अर्थात् खडा भएर दुवै हात जोडेर नमस्कार मुद्रामा तीन पटक ॐकारको ध्वनी निकालेर समग्र अस्तित्वप्रति अहोभभाव व्यक्त गरिन्छ । सम्पूर्ण अस्तित्वप्रति अहोभावले भरिन्छ।

दोस्रो चरण जगिङ गर्ने
दोस्रो चरणमा जगिङ गरिन्छ। जगिङलाई सूक्ष्म व्यायाम अर्थात् शारीरिक अभ्यास वा कसरत पनि भन्न सकिन्छ। सङ्गीतको तालमा कम्तीमा पनि पाँच मिनेट जगिङ गरेर आफ्नो शरीरको सुषुप्त अवस्थामा भएको ऊर्जालाई जगाइन्छ।शरीरलाई फुर्तिलो बनाइन्छ।

तेस्रो चरण भस्त्रिका प्राणायाम गर्ने
यो चरण करिव कम्तिमा पनि दश मिनेटको गर्न सकिन्छ।यस चरणमा भस्त्रिका प्राणायाम गरिन्छ।प्राणायाम शब्द प्राण र आयाम दुई शब्द मिलेर बनेको छ।सामान्यतया हामीले लिने श्वासलाई प्राण भनिन्छ भने आयाम भनेको फैलाउनु वा बढाउनु हो।प्राणायाम भनेको हामीमा भएको प्राण शक्तिलाई फैलाउनु वा बढाउनु वा सञ्चित गर्नु हो।यसको अभ्यासले शरीरका सम्पूर्ण नाडीहरूलाई शुद्ध गरी प्राण शक्तिलाई सञ्चार गराउँछ।प्राणायामले ध्यानलाई सहज बनाउँछ। यस चरणमा दुवै आँखा बन्द वा चिम्म गरेर मुख पनि बन्द गरेर जोड जोडले नाकबाट श्वास फ्याँक्नु पर्दछ।यो भस्त्रिका प्राणायाम आफू अनुकूल बसेर वा खडा भएर दुवै तरिकाले गर्न सकिन्छ।

चौथो चरण कपालभाति गर्ने
कपाल भाँतीलाई प्राणायाम पनि भनिन्छ भने कतै क्रिया पनि भन्ने गरेको पाइन्छ।नाभिको धक्काका साथ जोड जोडले श्वास बाहिर फाल्ने क्रियालाई कपालभाति भन्ने गरिन्छ। यस चरणमा आरामले प्राण मुद्रामा सुखासनमा बसेर मुख खोलेर मुखबाट पनि श्वास फाल्ने गरिन्छ वा मुख बन्द गरेर नाकबाट पनि जोड जोडले श्वास फालिन्छ र पेटलाई संकुचित हुन दिने गरिन्छ।यो क्रिया सङ्गीतको साथमा पहिला बिस्तारै गरिन्छ भने सङ्गीतको लयसँगै क्रमशः छिटो छिटो गर्ने गरिन्छ।यो चरण पनि करिव दश मिनेट जति गरिन्छ।

पाँचौँ चरण उत्सव वा कीर्तन गर्ने
पाँचौँ चरण पनि करिव दश देखि पन्ध्र मिनेटको हुन्छ।यस चरणमा सङ्गीतको तालमा नृत्य गर्ने गरिन्छ।सङ्गीत र नृत्यको माध्यमबाट आफ्नो अन्तसको अहोभावलाई व्यक्त गरिन्छ।नाच्ने गाउने तथा उत्सव मनाउने गरिन्छ। यो चरण पनि कम्तीमा दश देखि १५ मिनेट गर्न सकिन्छ।

छैटौँ चरण शिथिलीकरण
यस शिथिलीकरणको चरणमा चुपचाप रहनुपर्दछ।शवासन वा सुखासन आफूलाई कुन आसन सहज लाग्छ त्यस आसनमा रहेर चुपचाप बस्नु पर्दछ।शरीर शिथिल भएको भाव गर्नुपर्दछ।पैताला देखि शिरसम्म शरीरका एक एक भाग शिथिल भएको भाव गर्ने र सबै शिथिल भएको अनुभव गर्ने गरिन्छ। श्वास बिस्तारै मन्द वा धीमा भएको एवं मन शान्त भएको र बिस्तारै बिस्तारै एक सन्नाटा पैदा भएको महसुस गरिन्छ।कम्तीमा पनि दश मिनेट यो चरणमा रहनु पर्दछ।

सातौँ चरण आत्मस्मरण गर्ने
यस चरणमा बन्द आँखाले आन्तरिक आकाश वा अन्तर आकाशलाई हेर्ने एवं देख्ने काम गरिन्छ। यही नै हाम्रो निराकार स्वरूप हो। रूप भित्र अरूप तथा साकार भित्र निराकारको अनुभव गर्दै शून्य चैतन्य निराकारलाई हेर्दाहेर्दै यसमा लीन भई आत्म स्मरणमा डुब्ने गरिन्छ।आफ्नो समयानुकूल जति अवधि पनि गर्न सकिन्छ।

अन्तिम चरण मङ्गल भाव व्यक्त गर्ने
यस चरणमा मङ्गल धुनका साथ मङ्गल भाव व्यक्त गरिन्छ।शान्ति प्रार्थना गर्ने गरिन्छ।आत्मसंकल्प गरिन्छ। आफ्ना माता पिता, इष्ट देवता, गुरु, योगी ऋषिमूनिहरु, प्रकृति, ईश्वर, परमात्मा तथा समग्र अस्तित्वलाई धन्यवाद व्यक्त गरिन्छ।

ध्यानको फाइदा एवं उपयोगिता
ध्यान हाम्रो स्वयमको रूपान्तरण हो।ध्यानको उपयोगिता अदभूत छ।ध्यान विधिको प्रयोग पहिलो पटक समूहमा गर्नु पर्दछ अर्थात् गुरुको सामिप्यतामा गर्नु पर्दछ र पछि एक्लै गर्न सकिन्छ।ध्यानले व्यक्तिलाई शारीरिक तथा मानसिकरुपमा स्वास्थ्य बनाउँदछ।ध्यानले व्यक्तिको उसको शरीरमा अक्सिजन लेबल बढाउँदछ।शरीर भित्र रहेको कार्वनडाईअक्साईड बाहिर फ्याँकिन्छ र शरीरको कोशिकामा ऊर्जाको सञ्चार प्रवाह हुन्छ।व्यक्तिलाई दमीत भावनाबाट मुक्ति मिल्छ।शरीरमा ऊर्जा फैलिन्छ।शरीरका हरेक रोगको लागि लाभदायक मानिन्छ र मनमा शान्ति प्राप्त हुन्छ।हरेक तनावबाट मुक्ति मिल्छ।साथै सजगता र होसमा वृद्धि भई स्वयमको रूपान्तरण गर्न सहयोग पुग्दछ।शरीरप्रति, विचारप्रति, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन ध्यानले सहयोग पुर्याउदछ।खास गरी सञ्जीवनी ध्यानबिधि सरल तथा सजिलो र सबै उमेर समूहका व्यक्तिले आफ्नो अनुकूलता अनुसार गर्न सकिन्छ।नेपालका हरेक ओशो ध्यान केन्द्रहरूमा यो विधिको प्रयोग गरिन्छ।

ओशोले भन्नु भएको छ ” जो व्यक्ति शरीरवादी छ वा शरीरको तलपर ज्यादा संवेदनशील छ त्यो व्यक्ति शरीरको माध्यमबाट ध्यानको अनुभवमा पुग्न सक्दछ।जो व्यक्ति भाव प्रणव अर्थात् भावुक प्रकृतिको व्यक्ति छ त्यो व्यक्ति भक्ति प्राथनाको माध्यमबाट ध्यानको मार्गमा जान सक्दछ।जो व्यक्ति बुद्धि प्रणव छ अर्थात् बुद्धिजीवी छ उसको लागि ध्यान, सजगता ,साक्षी भाव उपयोगी हुन सक्दछ।मैलै जुन ध्यान विधिको सिर्जना गरेको छु त्यो विधि तीन प्रकारको व्यक्तिको लागि उपयोगी छ।जसमा शरीरको पनि पूरा उपयोग हुन्छ,भावको पनि पूरा प्रयोग हुन्छ र होसको पनि पूरा उपयोग हुन्छ।शरीर, हृदय, मन तीनको एकसाथ उपयोग हुन्छ। मेरो सबै ध्यान विधिले शरीर, हृदय, मनको श्रृङखलामा काम गर्छ ” भनी भन्नुभएको छ।

अतः हाम्रो मन विभाजित छ र अनेक विचारहरू हाम्रो मनमा उठिरहन्छ।मनमा उठेका विचारहरूले हामीलाई डामाडोल पार्न सक्छ। जे जति पनि अपराधिक प्रकृतिका कार्यहरू हुन्छन् ती सबै वेहोशीपनमा हुने गर्दछन्। हाम्रो मनमा उठ्ने षडऋपुहरु काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष कृत्यमा अर्थात् कार्यरुपमा जब परिणत हुन्छन् तब सत्यनिष्ठमा स्खलन आउँछ त्यो सबै बेहोसमा हुने गर्दछ। ध्यानले बोध तथा होस बढाउँछ। विचार तथा भावप्रति होस र सजगता आउँछ। जसले गर्दा हामी शरीर, विचार र भाव यी तीनै प्रति जागरुप हुन्छौ र हामीमा साक्षी भाव उत्पन्न हुन्छ। यसर्थ हामीले कुनै पनि प्राणीलाई अहित हुने खालका क्रियाकलाप गर्न सक्दैनौ। व्यक्ति, परिवार, समाज तथा राष्ट्रलाई हानी हुने खालका कार्यहरू प्रति सजग रहन्छौ। त्यसैले ध्यान हरेक व्यक्तिको लागि महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस