आज वेस्ट इन्डिजको सामना गर्दै नेपाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आज वेस्ट इन्डिजको सामना गर्दै नेपाल


२ माघ २०८०, मंगलबार


काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम औपचारिक वार्मअप खेलमा वेस्ट इन्डिजको सामना गर्दै छ ।

नेपाल र वेस्टइन्डिजबीचको उक्त खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा सुरु हुनेछ ।

नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।

अनौपचारिक वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस