१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तिनाथका तीर्थयात्रीलाई रत्नेचौरमा धर्मशाला

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा नि:शुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।

मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी दिए। ‘म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ’, उनले भने, ‘धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएका छौँ ।’

धर्मशाला भएपछि महँगो खर्च गरेर होटलमा बास बस्नुपर्ने भक्तजनको समस्या कम हुने महन्थ हिमालय बाबाले बताए । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुई तले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एक वटा कोठा बनाइएको छ ।

महन्थ हिमालय बाबाका अनुसार इन्दिरा आचार्य, भेषबहादुर रावल, अनुप शर्मा, लालबहादुर न्यौपाने र रेणु थापाले एक-एकवटा कोठा बनाएका हुन् । भुइँ तलाको सभाहलसहित धर्मशालामा एक दिनमा ५० जनाभन्दा बढी भक्तजन बास बस्न सक्ने क्षमता रहेको छ ।

धर्मशाला र श्रीलक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्वार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा यस वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल निर्माण सुरु भएको छ । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गर्न लागिएको हो । 

ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।

नजिकै दुई सय वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, श्रीलक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस