काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा खेमबहादुर पाठक निर्वाचित भएका छन् । संघको चौधौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कृष्णबाबु श्रेष्ठ, हरि पौडेल, पूर्ण शर्मा, मीना ढकाल र चाँदनी ढकाल संघको कार्यसमितिमा निर्वाचित भएका छन् । चाँदनी ढकाल, खगेन्द्रराज भण्डारी, रामकुमार महतो र धर्मसिंह कुँवर, गीता केसी, अन्जु पौडेल, हरि बस्नेत, रामप्रसाद रेग्मी, पदम खनाल र देवबहादुर केसी पनि कार्यसमितिमा निर्वाचित भएका छन् ।