२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदर्श गाउँपालिकाले गर्‍यो अगुवा किसान र कृषि विज्ञबीच छलफल

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिकाले कृषि सम्बन्धीका सवालहरूलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका अगुवा किसान र कृषि विज्ञबीच शुक्रवार छलफल गरेको छ । 

पालिकाभित्र रहेका कृषि सम्बन्धीका समसामयिक सवालहरूलाई मध्यनजर गर्दै किसानका समस्या पहिचान गरी समाधानमा सहयोग पुग्नुका साथै आगामी वर्षमा योजना निमार्ण गर्न सहयोग पुगोस् भन्ने हेतुले बृहत् छलफल कार्यक्रमको आयोजना गरेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । 

अध्यक्ष खड्काले भने हाम्रो पालिकाभित्र अधिकांश अगुवा किसानहरूले कृषि क्षेत्रमा विभिन्न काम गरिरहेका छन् उनीहरू सँग सम्बन्धित केही समस्याहरू भए समाधानमा सहयोग पुगोस्, उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहजता होस भन्ने हेतुले विज्ञहरूसँग छलफल गरेका छौ, छलफल कार्यक्रमले किसानहरूमा आगामी दिनमा नयाँ काम गर्न हौसला मिल्नुका साथै पालिकालाई आगामी योजना निमार्णमा सहयोग पुग्ने अध्यक्ष खड्काले बताए । 

आदर्श गाउँपालिका दलहन, फलफूल, रैथाने बाली, तरकारी, मसला बालीको लागि बढी सम्भावित रहेकोले त्यस क्षेत्रमा पनि पालिकाले आगामी दिनमा लगानी गर्ने समेत अध्यक्ष खड्काले बताए । 

आदर्श गाउँपालिका फलफूल, कफी, दलहन बालीको लागि बढी सम्भावित क्षेत्र रहेको कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए । निर्देशक जोशीले किसानहरूलाई ठुलो मात्रामा कृषि उपजहरू उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या नरहेको आफूले सहयोग गर्ने समेत बताए । 

पालिकाले रैथाने बालीहरूलाई प्रवर्द्धन गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । पालिकाले सञ्चालन गर्ने कृषि क्षेत्रका कार्यक्रमहरूलाई आफूहरूले पनि सहयोग, समन्वय र सहकार्य गर्ने समेत प्रमुख अवस्थिले बताए ।  

कार्यक्रममा अगुवा किसानहरूले कृषि क्षेत्रमा आफूले गरिरहेका कार्यक्रम, भावी योजना र कार्यस्थलमा देखिएका चुनौतीहरूको बारेमा जानकारी गराएका कृषि शाखा प्रमुख खेमराज पाठकले बताए । गाउँपालिकाले कृषि शाखा मार्फत पालिकाका विभिन्न स्थानहरूमा समय समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

छलफल कार्यक्रममा कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशी, कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थी, पालिकाका जनप्रतिनिधि, अगुवा किसानहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस