२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्युमन राइट वाचले भन्यो-भ्रष्टाचारको अनुसन्धानमा राजनीतिक हस्तक्षेप भयो

अ+ अ-

काठमाडौँ । नेपालमा भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने ह्युमन राइट वाचले बताएको छ ।

ह्युमन राइट वाचको वल्र्ड रिपोर्ट २०२४ मा नक्कली भुटानी शरणार्थी बनाएर मानिसहरूलाई अमेरिका पठाउने नेता र कर्मचारीलाई पक्राउ गरेर प्रहरीले असाधारण कदम चालेको उल्लेख थरेको छ । तर राजनीतिक दबाबका कारण अनुसन्धान गरिरहेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई सरुवा गरेको भन्दै भनिएको छ, ‘भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भए ।’

मानवअधिकार उल्लंघनका घटनामा दोष लागेका प्रहरी अधिकारीहरूलाई जबाफदेही नबनाएको उल्लेख छ । हिरासतमा यातना दिएर भएको मृत्यु जस्ता घटनामा छानबिन समिति गठन गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने मात्र काम भएको भन्दै ह्युमन राइट वाचले भनेको छ, ‘अभियुक्तलाई कानुनी दायरामा ल्याइएन ।’

संक्रमणकालीन न्यायसम्बन्धी नयाँ विधेयकका केही पक्ष सकारात्मक भएको उसले बताएको छ ।

तर सही ढङ्गले संशोधन गरिए यौन हिंसा, कुटपिट तथा अङ्गभङ्ग र अन्तराष्ट्रिय कानुनविरुद्धकका अमानवीय व्यवहारमा माफी हुनसक्ने ह्युमन राइट वाचले बताएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यस विधेयकले यस्ता अपराधबारे सबुत प्रमाण जुटाउने विशेष अनुसन्धान इकाई स्थापना गर्न असफल छ । साथै यसमा रहेको हदम्यादको प्रावधानले यौन हिंसा भोगेर बाँचेकाहरूको न्यायसम्म पहुँचलाई अत्यन्तै सीमित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस