पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ ।

बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितिले पर्यटकीय राजधानी घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास गर्दै जान सकिने सुझाव दिएको छ ।

गण्डकीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा १२ मंसिरमा गठित ११ सदस्यीय समितिले एक महिनाभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको छ ।

पर्यटन राजधानी घोषणा गरेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितका सुझाव प्रतिवेदनमा समावेश गरिएको संयोजक डा. देवकोटाले बताए ।

पर्यटन राजधानी घोषणा गर्दा यहाँको पूर्वाधार क्षेत्र, नीति तथा कानुनी क्षेत्र, सेवाको गुणस्तर अभिवृद्धिलाई लिएर सुझाव दिइएको पनि उनको भनाइ छ ।  अल्पकालीन काममा ३ वर्षभित्र गर्न सकिने योजनाहरू समावेश छन् ।

त्यस्तै ५ वर्ष अवधि तोकिएको मध्यकालीन सुझावमा बसोबासका विकल्पहरूको विविधीकरण र व्यावसायिक जनशक्ति उत्पादन गर्ने रणनीतिसहितको सल्लाह सुझाव दिइएको समितिको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस