रोहित पौडेलले छाडे विभागीय क्लब आर्मी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रोहित पौडेलले छाडे विभागीय क्लब आर्मी


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छाडेका छन् । अर्को विभागीय क्लब एपीएफबाट प्रधानमन्त्री कप खेल्ने भएका हुन् ।

रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आए पनि केही दिन अघि मात्रै आर्मी छाडेर एपीएफमा आबद्ध भएको आर्मीका क्रिकेट प्रशिक्षक चन्द्र सावदले जानकारी दिए । उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका थिए ।

रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एक दिवसीय मान्यता जोगाउनुको साथै, टी-२० विश्वकपमा छनोट भएको र पहिलो पटक एसिया कप खेलेको थियो । रोहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाइ आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस