कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाले गर्‍यो स्थानीय सरकारसँग छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाले गर्‍यो स्थानीय सरकारसँग छलफल


२५ पुस २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाले कानून निर्माणमा संघ र स्थानीय तहसँग सहकार्य थालेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सभाले स्थानीय तहबीच कानून निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रिया थालेको जानकारी दिएका हुन् ।

उनले कानूनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानून निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए ।

कानून निर्माणमा स्थानीय सरकारलाई जोड्न अहिलेसम्म दाङ, बाँके, बर्दिया र रुपन्देहीका स्थानीय तहसँग सहकार्य गरिएको उनले जानकारी दिए ।

संघीयता कार्यान्वयन गर्न प्रदेश संरचना नयाँ भएकाले पनि स्थानीय सरकारसँग समन्वय गरेर सबै जिल्लामा प्रदेश सभाले कार्यक्रम थालेको सभामुख घर्तीको भनाइ छ ।

उपसभामुख मेनुका खाँण केसीले स्थानीय तह र प्रदेशसभाबीच सहकार्य जरुरी रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस