२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाले गर्‍यो स्थानीय सरकारसँग छलफल

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाले कानून निर्माणमा संघ र स्थानीय तहसँग सहकार्य थालेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सभाले स्थानीय तहबीच कानून निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रिया थालेको जानकारी दिएका हुन् ।

उनले कानूनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानून निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए ।

कानून निर्माणमा स्थानीय सरकारलाई जोड्न अहिलेसम्म दाङ, बाँके, बर्दिया र रुपन्देहीका स्थानीय तहसँग सहकार्य गरिएको उनले जानकारी दिए ।

संघीयता कार्यान्वयन गर्न प्रदेश संरचना नयाँ भएकाले पनि स्थानीय सरकारसँग समन्वय गरेर सबै जिल्लामा प्रदेश सभाले कार्यक्रम थालेको सभामुख घर्तीको भनाइ छ ।

उपसभामुख मेनुका खाँण केसीले स्थानीय तह र प्रदेशसभाबीच सहकार्य जरुरी रहेको बताइन् ।