काठमाडौँ । लगातार तेस्राे दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।
सेयर बजार आज एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।