एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

 बैंकले आज एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत विन्दु घटाएको हो । 

त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ ।  पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो । 

बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस