दुई सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस