जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २२२ पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २२२ पुग्यो


२४ पुस २०८०, मंगलबार


लुसाका । जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२  जना पुगेको छ ।  गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ । त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ ।  हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस