तस्करीको आशङ्कामा ४७ केजी चाँदीसहित काठमाडौँबाट तीन जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तस्करीको आशङ्कामा ४७ केजी चाँदीसहित काठमाडौँबाट तीन जना पक्राउ


२३ पुस २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । तस्करीको चाँदी भएको आशङ्कामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँबाट उक्त चाँदी बरामद गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस