सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनचाँदीको मूल्य घट्यो


२३ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस