हिमालयन रिइन्स्योरेन्सले सोमबारदेखि बजारमा कारोबार गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हिमालयन रिइन्स्योरेन्सले सोमबारदेखि बजारमा कारोबार गर्ने


२२ पुस २०८०, आइतबार


काठमाडौँ । हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ । यसको कोड नाम एचआरएल रहेको छ ।

कम्पनीको पहिलो कारोबारका प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आइपिओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

अङ्कित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको हो । जसमा ७० प्रतिशत सेयर संस्थापकहरूको र ३० प्रतिशत सेयर साधारण समूहको छ । साधारण सेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस