राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न माओवादीको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न माओवादीको बैठक बस्दै


२२ पुस २०८०, आइतबार


काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ । 

गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एक नेताले जानकारी दिए । ‘राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । गठबन्धनको बैठकपछि पदाधिकारी बैठक बस्छ’, उनले भने ।

शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस