देशले परिवर्तनको आवाज खोजेको छ : रवि लामिछाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देशले परिवर्तनको आवाज खोजेको छ : रवि लामिछाने


२१ पुस २०८०, शनिबार


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । 

आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताए । “नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ, मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ”, उनले भने ।

सो अवसरमा सोही पार्टीकी सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताइन्  ।

Tags :
प्रतिक्रिया दिनुहोस