२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण गरियो : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित उद्योग व्यापार महासङ्घको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता, सम्भावना, जनअपेक्षाअनुसार पर्याप्त काम नभएता पनि विगतको तुलनामा मुलुक प्रगतितिर अगाडि बढिरहेको दाबी गर्दै मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण भएको बताएका हुन् ।

‘आज मुलुकमा वर्वाद नै भइसक्यो । हिजोअस्ती सम्पूर्ण हिसाबले ठिकठाक थियो तर अहिले चौपट भइरहेको छ भन्ने एउटा भाष्य निर्माण भएको छ । अर्कातिर सबै ठिक छ भन्ने पनि सुन्छौँ । तर हिजो भन्दा आज राम्रो भइरहेको छ । यद्यपी, मुलुकको आवश्यकता, सम्भावना र जनअपेक्षाको अनुपातमा हेर्दा त्यो अपर्याप्त छ,’ उनले भने ।‘हामीले अझै पनि मेहनत गर्नुपर्ने छ । तथ्याङ्क वा तथ्यहरूले पनि त्यही भन्छ । तर हिजो र आजको जुन तुलना गरेर हेर्दैमा मुलुक बर्वादीतिर गयो भन्न मिल्दैन् । मुलुक प्रगतितिर नै अगाडि बढिरहेको छ । यसलाई अझ थप गति दिन आवश्यक छ,’मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले विगतमा बन्द भएका सटरहरु अब खुल्ने अवस्था निर्माण भइरहेको जिकिर गरे । अर्थतन्त्रको सुधारका लागि गरेको मेहनतको प्रतिफलस्वरुप देशमा रेमिट्यान्स बढिरहेको उनको भनाई छ । ‘अर्थतन्त्रमा सुधार ल्याउन निकै ठूलो मेहनत चाहिन्छ । त्यसको प्रतिफल स्वरुप देशमा रेमिट्यान्स बढिरहेको छ । अर्थतन्त्र चलायमान हुँदै गइरहेको छ । बैंकको ब्याजदर घटेको छ ।

सहकारी र लघुवित्तको समस्या सम्बोधन भइरहेको छ । निर्माण व्यवसायीको रोकिएको भुक्तानी पठाइसकेको छ । अब व्यवसायीहरू उत्साहपूर्वक अगाडि बढ्ने परिस्थिति निर्माण हुँदैछ,’बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस