१५१ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

१५१ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको तयारी


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । मस्यौदालाई अन्तिम रूप दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरेको हो ।

सचिव तथा मस्यौदा समितिका सदस्य गणेश शाहले मस्यौदा समितिले पार्टी अध्यक्षलाई भोलि नभए आइतबारसम्ममा प्रतिवेदन बुझाउने बताए ।

अर्का एक सदस्यका अनुसार पार्टी कमिटीलाई अहिले जस्तो भद्दा नबनाउन भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको छ ।

पदाधिकारी र स्थायी कमिटीको आकार केन्द्रीय सदस्यहरूको अनुपातले नियमावलीमा तोकिने ती नेताले बताए । माओवादीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो ।

माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको हो ।

समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस