२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचन : एमालेप्रति देउवा र ‘प्रचण्ड’ लचक, नेपाल कठोर 

अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई सहभागी गराउने विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लचक देखिएका छन् । 

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि बनेको टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सकिने अध्यक्ष ‘प्रचण्ड’को धारणा थियो । 

तर, एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनिच्छुक देखिएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही लचक भएका छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको ब्रिफिङ गर्दा एमालेलाई सहभागी गराउनुको कारण सोधेका थिए । 

बिहानको बैठक मूलतः राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको र थप छलफलका लागि साँझ फेरि भेटघाट गर्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  

उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि लिएर समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । थप छलफल गर्न बाँकी छ त्यसका लागि साँझ बस्ने गरी उठेका छौँ ।’

प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउने विषयमा छलफल गर्न बिहीबार(आज) साँझ काँग्रेस, माओवादी र एमालेको बैठक बस्ने बताए । 

एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउनेबारे संवाद कहाँ पुग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने,‘यो लोकतन्त्रमा संवाद, सहमति, सहकार्य भन्ने कुरा त कहाँ टुङ्गिन्छ र ? एमालेसँग राजनीतिक विषयमै छलफल भइरहेको र गठबन्धनभित्र राष्ट्रिय सभाकै विषयमा छलफल भइरहेको हो ।’

प्रतिक्रिया दिनुहोस