उड्न लागेको विमानसँग ठोक्किँदा जापान एयरलाइन्समा आगलागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उड्न लागेको विमानसँग ठोक्किँदा जापान एयरलाइन्समा आगलागी


१७ पुस २०८०, मंगलबार


काठमाडौँ। जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ ।

होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो ।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त विमानमा आगलागी भएको समाचार स्रोतहरूलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ ।

जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त भएता पनि कुनै मानवीय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको विमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टीबीएस टेलिभिजनले जनाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार बाँकी ५ जनासँग सम्पर्क हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस