जापान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जापान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ ।

अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

हिजो सोमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस