ग्रेड कटौतीविरुद्ध सर्वोच्च पुगे प्रहरीका वरिष्ठ सईहरू « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ग्रेड कटौतीविरुद्ध सर्वोच्च पुगे प्रहरीका वरिष्ठ सईहरू


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।

बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस