गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित


१७ पुस २०८०, मंगलबार


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँच वटा विधेयक पारित गरेको छ ।

सभाले भवन निर्माण तथा नक्सा पास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्कन मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् । पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो । कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको अनिवार्य रूपमा नक्सा पास हुनुपर्ने बताए । उनले कार्यविधि कडाइकासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस