२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालकुमारी घटनामा सूचनाको अभावमा मन्त्री ज्वाला फस्नुभो : माधव नेपाल

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।

नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेर आलोचना भइरहेका बेला बेला उनको सो प्रतिक्रिया आएको हो ।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए ।

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरू जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।

यस्तो छ नेपालको भनाइ :

बालकुमारीमा अस्ति एउटा घटना घट्यो । त्यो घटनाले हामी सबैलाई घचघच्याएको छ । नेपाली युवाहरूको विदेशमा पलायन । यो नेपाली युवा, नेपाली जनता विदेशमा जानका लागि ओइरो लागेर जाने स्थिति जुन बनिराखेको छ । गाउँमा युवाहरू खाली भइरहेका छन । गाउँ युवा बहिनी बनिरहेको छ । यो समस्या जुन त्यहाँ देखापर्‍यो । यस सन्दर्भमा चर्चाको शिलशिलामा मन्त्रीजीको पनि चर्चा आयो । यस बारेमा म बताऊँ ।

बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बसिरहेको थियो । ठ्याक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला । हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर । हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ । त्यसमा फस्नुभएको हो । त्यसो हुनाले अरु कुनै शिलशिलामा होइन ।

आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने शिलशिलामा सम्भवत त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रूपमा कसैले पनि लिनुपर्ने आवश्यकता छैन । यो मैले प्रष्ट पार्नैपर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भीर छ । र, यस सवालमा सरकार पनि गम्भीर छ ।

र, सरकारले जुन गोली चलेको घटनाको सन्दर्भमा, दुई जनाको मृत्यु भएको सन्दर्भमा त्यसलाई गम्भीरताका साथ लिएर त्यसमा छानबिन गर्ने काम पनि गर्न अगाडि सरेको छ । र, जहाँबाट गल्ती भएको छ । तिनीहरू दण्डित हुनुपर्दछ । र, यस्तो घटना घटेको सन्दर्भमा सबै सरोकारवाला निकायले पनि आफैले आत्म चिन्तन गर्नुपर्ने आवश्यकता पनि छ ।