२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा जाँदै नेपालका सन्तहरू

अ+ अ-

काठमाडौँ । भारतको अयोध्यामा आगामी जनवरी २२ मा औपचारिक रूपमा प्राण प्रतिष्ठा हुने नयाँ स्वरूपको राम मन्दिरमा नेपालबाट सन्तहरू जाने भएका छन् ।

भारतका हिन्दुहरूको सामाजिक संस्था राष्ट्रिय स्वयंसेवक सङ्घका नेता एवं प्रचार विभाग प्रमुख सुनिल अम्बेडकरका अनुसार नेपालबाट कति सन्तहरू जाने भन्ने कुनै टुङ्गो नलागे पनि धेरैको उपस्थिति हुनेछ ।

नेपाल सरकारका मन्त्री प्रधानमन्त्री तथा राष्ट्रपति जाने कि नजाने भन्ने प्रश्नमा उनले अहिले राजकीयभन्दा आध्यात्मिक समूहमै लक्षित भएको बताए । यद्यपि, भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भारत सरकारका उच्च अनुहारहरू भने कार्यक्रममा सरिक हुने उनले बताए ।

नेपालबाट गएको ‘देवशिला’ उचित समयमा त्यसको इन्जिनियरिङ र आध्यात्मिक पक्षहरू हेरेर उचित सम्मान हुनेसमेत उनले बताए । १२ करोड बढी परिवार तथा २० लाख स्वयंसेवक खटेर चन्दा उठाएको मन्दिरलाई हजार वर्ष टिक्ने खालको पत्थरदेखि सबै इन्जिनियरिङसम्मको काम गरिएको उनले बताए ।

पहिले राम मन्दिरमा विवाद गर्ने भारतीय राजनीतिक दलहरू पनि अहिले राम मन्दिर मुद्दामा सकारात्मक भएको भन्दै उनले भने, ‘जनताको लागि राजनीति हुने भएकोले बहुसङ्ख्यक जनताले चाहेको कुरामा अहिले अरु दलहरू पनि सकारात्मक भएका छन् ।’