बालकुमारी घटनाप्रति ओलीको टिप्पणी : ‘हुलमा मन्त्रीले गाडी लिएर निहुँ खोजे’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालकुमारी घटनाप्रति ओलीको टिप्पणी : ‘हुलमा मन्त्रीले गाडी लिएर निहुँ खोजे’


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताएका छन्।

४८ औँ मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा नेपाली काँग्रेसले गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।

‘मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो ? हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने।

यी सबै विषयहरूले स्थिति असहज हुँदै गइरहेको ओलीले बताए। ‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मारेको छ। यो सहज कुरो हो,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस