सामान्य प्रशासन मन्त्रीसहित ५० जना पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सामान्य प्रशासन मन्त्रीसहित ५० जना पक्राउ


१६ पुस २०८०, सोमबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएको बेला प्रहरीले मन्त्री साहसहित करिब ५० जनालाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको हो ।

धोती दिवस मनाउन जम्मा भएका मन्त्री साहसँगै जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउत, वरिष्ठ उपाध्यक्ष दिपक कुमार साह, उपाध्यक्ष अब्दुल खानसहितलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टीको विद्यार्थी सङ्गठनको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका दिपक कुमार साह घाइते भएका छन् ।

‘प्रहरीले पार्टीको अध्यक्ष, उपाध्यक्षसहितका कार्यकर्तालाई तानतुन पारको छ । उपाध्यक्षको खुट्टामा चोट लागेको छ’, मन्त्री साहले भनिन् । सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस