२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाले इ नाइन (E-9) भिसा भएका गैर-कोरियालीहरूले अब राजधानी सियोलका होटलहरू र पर्यटकहरू सेवाका लागि अन्य लोकप्रिय गन्तव्यहरूमा काम गर्न पाउने नीति सार्वजनिक गरेको छ ।

भिसा नीतिमा भएको परिवर्तनलाई सरकारी नीति समन्वय कार्यालयले आतिथ्य उद्योगमा श्रमिक अभाव पूर्ति गर्न शुक्रबार स्वीकृत गरेको हो । कोरिया सरकारले आफ्नो देशको घट्दो जन्मदरले उत्पन्न गरेको जनशक्ति अभावलाई  नयाँ नीति लिएर गैर कोरियाली कामदार सहभागी गराउने निर्णय गरेको जनाएको छ ।   

यसमा ताजिकिस्तान कामदार पठाउन अनुमति पाउने देशहरूको सूचीमा सामेल गरिएको छ । सरकारी विभागका अनुसार विदेशी कामदारहरूले कोरियाका चार प्रमुख प्रदेशहरू- सियोल, बुसान, जेजु र ग्याङ्वोनका होटलहरू र अन्य प्रकारका आवास सुविधाहरूमा क्लिनर वा किचन सहायकको रूपमा काम गर्न सक्नेछन् ।

आगामी वर्ष कामदार र रोजगारदाताको राय लिएर नीतिलाई अन्य क्षेत्रमा विस्तार गर्ने वा थप उद्योगमा विस्तार गर्ने निर्णय गर्ने विभागले जनाएको कोरियन टाईम्सले उल्लेख गरेको छ ।

यसले ताजिकिस्तानलाई रोजगार अनुमति प्रणाली अन्तर्गत कामदार पठाउन अनुमति दिएको कोरियाको साझेदार राष्ट्रहरूको सूचीमा पनि थपेको छ, जसको माध्यमबाट यहाँका रोजगारदाताहरूले मानिसहरूलाई E-9 भिसा दिएर काम लगाउन सक्ने छन् ।

ताजिकिस्तानलाई मूल्याङ्कन गरिसकेपछि १७ औं साझेदार देशको रूपमा तोकिएको भन्दै विभागले एक विज्ञप्तिमा भनेको छ, सरकार र सार्वजनिक संस्थाहरूले जिम्मेवारी लिने भएकाले पारदर्शी प्रणाली अन्तर्गत कामदार छनोट र तालिम दिइने जनाएको छ ।

यदि सबै कुरा योजना अनुसार ठिक भएमा, कोरियाले सन् २०२५ बाट मध्य एसियाली देशबाट कामदार लिन थाल्ने भिसा विभागले जनाएको छ । विभागले साझेदार देशहरूको सूची विस्तार गर्न जारी राख्ने योजना रहेको उल्लेख गरेको छ । हाल, सबै साझेदारहरू एशियामा अवस्थित छन्: फिलिपिन्स, मङ्गोलिया, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, किर्गिजस्तान, टिमोर-लेस्टे, नेपाल, म्यानमार र लाओस् ।

कृषि, मत्स्यपालन, उत्पादन, निर्माण र केही श्रमिक-गहन सेवा क्षेत्रहरू जस्ता कोरियालीहरूले बेवास्ता गरेका केही उद्योग क्षेत्रमा साना व्यवसायहरूलाई विदेशी कामदारहरू भर्ना गर्न अनुमति दिन सन् २००४ मा अनुमति प्रणाली लागू गरिएको थियो ।

होटल उद्योग कुनै समय युवा कोरियालीहरूमाझ लोकप्रिय थियो । तर उद्योगलाई कोभिड महामारीले नराम्ररी असर गरेपछि धेरैले रोजगारी गुमाएका थिए । महामारी कम भएसँगै पर्यटकहरूको संख्यामा सुधार हुन थालेपछि कोरियाले स्वास्थ्य संकटका बेला छाडेर गएका धेरै कामदार नफर्केकाले श्रमिक अभाव भएपछि नयाँ नीति लिएको जनाएको छ ।

कोरिया होटल एसोसिएसनका अनुसार, देशभरका होटलहरूमा बस्ने पाहुनाहरूको संख्या गत वर्ष ४४ दशमलव ७९ मिलियन पुगेको छ, जुन प्रकोप अघिल्लो वर्ष २०१८ को ४० मिलियन भन्दा बढी थियो। 

कोरियामा जन्मदर घटेर अहिलेसम्मकै कीर्तिमानी न्यून स्तरमा झरेकाले थप वैदेशिक श्रमको माग बढ्दै जाने अनुमान गरिएको छ ।

‘हामीले कामदारको अभावबाट ग्रस्त धेरै उद्योगहरूको कललाई तुरुन्तै प्रतिक्रिया दिएका छौं,’ समन्वय विभागका प्रमुख बाङ की–सेओनले भने। ‘स्थितिलाई सही रूपमा बुझ्नको लागि, हामी रोजगारदाता र कामदारहरूको आवाज सुन्न जारी राख्नेछौं।’

प्रतिक्रिया दिनुहोस